nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बर्षापछिको बेहाल (१० तस्वीरमा हेर्नुहोस्)
-मनोज ढकाल

as4-1625323624.jpg

१६ असारदेखि परेको अविरल वर्षाका कारण थाहा नगरपालिकाका धेरै स्थानमा पहिरो गएको छ । नगरपालिका भित्रका गाउँ क्षेत्रमा ट्याक्टरसमेत जान नसक्ने गरी बाटो अवरुद्ध भएका छन् भने कतिपय कृषकहरुले लगाएका तरकारी बाली खेतबारीमै पहिरोले थिचिएको छ । कतिपयको  आाँगनबाटै पहिरो जाँदा घर झुण्डिएको छ । 

निषेधाज्ञाको कारण उसै त चिन्तित थाहा नगरपालिका किसानहरुमा थप पीडा थपिएको छ । आलु खेतीको पकेट क्षेत्र मानिने यहाँका किसानहरूले आलुसमेत राम्ररी खन्न पाएका छैनन् । खनेकाले पनि बेच्न पाएका छैनन् । बाटो अवरुद्ध भएको कारण गाउँ गाउँमा गाडी गएर व्यापारीहरुले तरकारी संकलन गर्न सक्ने अवस्था छैन । थाहानगरमै स्थायी बसोबास गर्ने  ७५ प्रतिशत नागरिकको मुख्य आयश्रोत कृषि हो ।

हालसम्म थाहा नगरपालिकामा कुनै मानवीय क्षेती भने भएको छैन । नयाँ खनिएका सडकहरु , खोलिएका ट्रयाकहरु साथै खोलामा प्राकृतिक दोहन अत्याधिक मात्रामा बढेको कारण यस्तो अवस्था आएको स्थानीयबासीहरु बताउँछन् । मौसम विभागले नेपालमा अरु वर्षभन्दा यो वर्ष धेरै पानी पर्ने जनाएको छ । यदि समयमै पुनर्निर्माण नगरे थाहानगरले ठूलो क्षति भोग्नुपर्ने अवस्थासमेत सृजना भएको छ ।

बर्षापछिको बेहाल :