Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बम काण्डमा फरार पूर्वमन्त्री आलमका भाइ पक्राउ

pakarau-1607336533.jpg

रौतहटमा २०६४ सालमा १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् ।

संविधानसभा चुनावलाई लक्षित गरी साविक राजपुर फदरहवा गाविस ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा मोहम्मद महताब आलमलाई  प्रहरीले पक्राउ गरेको हो ।

आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

पक्राउ परेका आलम अफताव आलमका भाइ हुन्  । पूर्वमन्त्री आफताव आलम यसअघि नै पक्राउ परिसकेका छन् ।  



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०