nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बन व्यवस्थापनसम्बन्धी छलफल

इलाका वन कार्यालय हेटौंडा रातोमाटेले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सामुदायिक वन व्यवस्थापनसम्बनधी छलफल गरेको छ । कार्यक्रममा १५ सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु सहभागी थिए । 
कार्यक्रममा हेटौँडा रेन्जपोष्ट स्तरीय सामुदायिक वन अनुगमन समितिका संयोजक लक्ष्मण भण्डारी, नवलपुर सरस्वती सामुदायिक वनका अध्यक्ष माधव सुवेदी, सुन्दर सामुदायिक वनका अध्यक्ष केदारप्रसाद वर्तौला, महिला सिर्जना सामुदायिक वनका अध्यक्ष चित्रकुमारी गुरुङ लगायतले सामुदायिक वन व्यवस्थापनका सवालहरु उठाएका थिए । 
सहायक वन अधिकृत अरुणकुमार तिवारी र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेको उक्त कार्यक्रममा सामुदायिक वनमा गरिने वन विकास, बैज्ञानिक वन व्यवस्थापन, लेखा परिक्षण, संस्थागत प्रतिवेदन तयार, साधारण सभा संचालन, वन पैदावार संकलन सहमति, गिटि बालुवा संकलन, हाईटेन्सन लाईन विस्तार लगायतका बारेमा छलफल भएको थियो ।  









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg