Monday, 17th August, 2026
वि.स.

बत्सलादेवीमा भोली देखि महायज्ञ, बिहान सवा आठ बजे कलशयात्रा हुने
सम्पूर्णमा निमन्त्रणा ।।।

बागमती प्रदेश मकवानपुरको इन्द्रसरोवरमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयमा भोली देखि सप्ताहब्यापी रुपमा महायज्ञ हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा अवस्थित विद्यालयले यहि माघ २२ गतेदेखि फाल्गुण १ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ को आयोजना गरिने महायज्ञ मूल समारोह समितिका प्रचारप्रसार संयोजक सन्तोष बानियाँले जानकारी दिए । महायज्ञको लागि विद्यालयले अवश्यक तयारी गरिरहेको छ ।
बत्सलादेवी माध्यामिक विद्यालयमा सुविधायुक्त सिभिल ईन्जिनियरिङ प्राविधिक शिक्षालय सञ्चालनका लागि विद्यालयले महायज्ञ आयोजना गर्न लागेको महायज्ञ मूल समारोह समितिका संयोजक अशोक कुमार ठकुरीले जानकारी दिए । वि।सं। २०१० सालमा स्थापना भएको विद्यालयमा शैक्षिकशत्र २०७६ देखि सिभिल ईन्जिनियरिङको पढाई भैरहेको छ ।  
सप्ताहब्यापी कार्यक्रममा ख्यातिप्राप्त विद्धान बालन्यास पं। श्री मुकुन्द नेपालको वाचकत्वमा संगीतमय भावपूर्ण कथा प्रवचन तथा आचार्य पं। श्री मनोज नेपालबाट पाठपारायण हुने आयोजकले जनाएको छ । 
   माघ २२ गते बिहान ८ः१५ मा बत्सलादेवी मन्दिरबाट पूर्वाङ्ग पूजा तथा कलश यात्रासुरु गरी दिउँसो ११ बजे महायज्ञको समुद्घाटनको कार्यतालिका रहेको जनाइएको छ । फाल्गुण १ गते पूर्णाहुती, महाप्रसाद वितरण गरिनुका साथै प्रत्येक दिन भगवानको दिव्य झाँकी लीला प्रदर्शन, विशेष आरती, पाठपारायण, कथा वाचन, तिलार्चन लगायतका कार्यक्रमहरु रहने छन् ।
   श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको लागी गठित “श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ” मुल समरोह समिति गठन गरिएको छ । माघको पहिलो साता नै समितिका संयोजक ठकुरीको अध्यक्षतामा संविधान सभा सदस्य एवम् स्कुल व्यवस्थापन समितिका पदाधिकारी, मुल आयोजक समिति र वडा अध्यक्षहरुको उपस्थितिमा औपचारिक भेला सम्पन्न गर्दै महायज्ञको लागि सबैले आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Thaha-002-1774415222.gif