Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रवाराही स्वास्थ्य चौकीलाई सांसद बानियाँको आर्थिक सहयोग

Baniya-BB-1591582470.jpg

मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद इन्द्र बानियाँले बज्रवाराही स्वास्थ्य चौकीलाई नगद ५० हजार रुपियाँ सहयोग गरेका छन् । 

बागमती प्रदेशका नेपाली काँग्रेस संसदिय दलका नेता समेत रहेका बानियाँले बज्रबाराही स्वास्थ्य चौकीलाई एम्बुलेन्स संचालन कोषका लागि सहयोग गरेको जनाएका छन् । उनले आफ्नो दिवंगत पिता क्षेमबहादुर बानियाँको स्मृतिमा यस अघि नै स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरिसकेका छन् ।

नेता बानियाँले २५ जेठमा थाहा नगरपालिका कार्यालयमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठलाई नगद हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स समेत सहयोग गरेका बानियाँको सहयोगप्रति उपाध्यक्ष श्रेष्ठ तथा नगरपालिकालिकाले नेता बानियाँलाई धन्यवाद दिएको छ ।