Sunday, 23rd August, 2026
वि.स.

बज्रवाराही चित्लाङका किसानको तरकारी बिक्दै बिकेन

Kaulia-1587371959.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण तरकारी खेतबारीमै रहने अवस्था आएको बज्रवाराही ऐलाखका कृषक मुक्तिनाथ उप्रेतीले बताए । 

अहिले थाहा नगरपालिकाको वडा नम्बर ६, ९ र १० मा काउली, मुला, बन्दा, केराउ (मटरकोसा) उत्पादनको मध्ये समय हो । कृषक उप्रेतीले यसैवर्ष २५ रोपनी जग्गामा काउली खेती गरेका छन् । ‘वार्षिक २ लाख ५० हजार त जग्गाको भाडा नै तिर्नुुपर्छ, उनले भने आज केही क्वीन्टल काउली काट्दै छु, व्यापारीलाई टाँसो लगाउने हो भाउ यतिउति केही भनेको छैनन् ।’ उनले भने–‘बिक्यो भने आउजाउ कटाएर पैसा ल्याइदिन्छु भनेका छन् ।’ दुःख गरेर गरेको खेतीबाट सावाँ मात्र उठे पनि सन्तोष मान्न सकिने कृषक उप्रेतीको प्रतिक्रिया छ । 

केन्द्रीय कृषि सहकारी संघका लेखा समिति संयोजक एवं साना किसान कृषि सहकारी संस्था बज्रवाराहीका अध्यक्ष महेश्वर सुवेदीले उत्पादित कृषि उपजलाई बजारसम्म पु¥याउनको लागि पहल थालेको बताए । बज्रवाराहीमा मात्र यो मौसममा ८ मेट्रिकटन बढि काउली निकासी हुन्छ भने १ मेट्रिक्टन भन्दा बढि मुला, बन्दा, केराउ, निकासी हुने साना किसान कृषि सहकारी संस्था बज्रवाराहीको तथ्याङ्क छ । ‘यो त बज्रवारहीको मात्र आँकडा हो, यत्तिनै परिमाणमा छिमेकी वडा ९ र १० चित्लाङमा उत्पादन हुन्छ’– ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदीले भने–‘तरकारी बेचेर गोलभेडा रोप्न ब्याडमा बेर्ना हुर्कीसक्यो तरकारी बिक्दै बिक्दैन ।’

मकवानपुरको चित्लाङ बज्रवाराहीको तरकारी बजारसम्म सहजै पु¥याउनका लागि कृषि मन्त्री घनश्याम भुसालसंग समेत परामर्श भएको कृषि सहकारी संघ केन्द्रीय समितिका अध्यक्ष खेम बहादुर पाठकले बताए । कृषिको पकेट क्षेत्रको रुपमा रहेको थाहानगरमा आलु खन्ने समय शुरु हुनै लाग्दा अहिले अन्य तरकारीहरु तयार भएकोले बजारसम्म पु¥याउने विषयमा मन्त्रालयका अधिकारहिरुसंग छलफल भएको बताउँदै भने–‘प्रतिक्रिया सकारात्मक छ ।’



https://www.thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।