Monday, 24th August, 2026
वि.स.

बज्रवाराही–चित्लाङको तरकारी निकासीमा सहजीकरण शुरु

bajrabarahi-01-1587736755.jpg

मकवानपुर थाहा नगरपालिकाको बज्रवाराही क्षेत्रमा उत्पादित हरियो तरकारी बजारसम्म पु¥याउन सहजीकरण शुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण निकासीमा भएको समस्यालाई सहजीकरण शुरु भएको हो । 

पहिलो पटक १२ वैशाख बेलुकी २ टन तरकारी पोखर पठाउन लागिएको कृषक सानोकाजी गोपालीले बताए । तरकारी निकासीको लागि बज्रवाराहीमा राजेन्द्र विडारी र पोखरमा अच्युतम प्रसाद ढकालले सहजीकरण गरिरहेको ढकालले बताए । पोखरमा काउली, मूला र केराउ कोसा पठाउन लागिएको हो । 

अहिले बज्रवाराही तथा चित्लाङमा काउली, मूला, बन्दा, केराउ कोसा उत्पादन भैरहेको छ । अहिले मुस्किलले दैनिक ६ टन तरकारी काठमाण्डौं गइरहेको कृषक मुक्तिनाथ उप्रेतीले जानकारी दिए । उत्पादनको तुलनामा निकै कम मात्रामा तरकारी निकासी भैरहेको कृषक उप्रेतीले बताए । 

बज्रवाराहीमा अाजको बजार भाउ काउली प्रतिकिलो १५ रुपियाँ छ भने मुला १५ र केराउ कोसा प्रतिकिलो २५ रुपियाँ रहेको छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif