Saturday, 22nd August, 2026
वि.स.

बज्रवाराहीमा सेन्चुरी बैंकको वित्तिय साक्षरता कार्यक्रम

Cetaaaaaaaaaa-1568516043.jpg

सेन्चुरी कर्मसियल बैंक बज्रवाराही शाखाको आयोजनामा एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

थाहा नगरपालिकाको वडा नम्बर ६ मा रहेको सुमार्गी ट्रष्ट भवनमा वित्तिय साक्षरता कार्यक्रम भएको हो । थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीको प्रमसुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष हिरा बहादुर गमाल, थाहा नगरपालिका कृषि विकास शाखाकी बालकुमारी भट्टराई जोशी, बज्रवाराही  बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र श्रेष्ठ, प्रमोद जोशीलगतकाको आतिथ्यता रहेको थियो । 

थाहा नगरपालिकाका किसान तथा व्यवशायीहरको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सेन्चुरी कर्मसियल बैंकको तर्फबाट बैंकले पु¥याउने सहयोगको बारेमा प्रस्तुतीहरण गरिएको थियो । बैंकले प्रवह गर्ने सेवा सुविधकाको विषयमा आम नागरिक सम्म पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बज्रवाराही शाखाका प्रमुख राधाकृष्ण लामिछानेले बताए । 

कार्यक्रममा बज्रवाराहीका कृषकहरु प्रमोद जोशी तथा फणिन्द्र सुवेदी र प्रमुख अतिथी शशीधर सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यक्रमका सहभागीहरुले बैंकको सेवा सुविधाको विषयमा जिज्ञासा गर्दै जानकारी समेत लिएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif