Friday, 21st August, 2026
वि.स.

बज्रवाराहीमा उपभोक्ता समितिका पदाअधिकारीलाई अनुशिक्षण

Upavokktaa-1569200552.JPG

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा वडा नम्बर ६ मा उपभोक्ता समितिहरुका लागि ६ असोजमा अनुशिक्षण कार्यक्रम भएको छ । 

आर्थिक वर्ष २०७६/०७७ का लागि नगरसभाबाट स्वीकृत कार्यक्रम संचालन गर्न वा नम्बर ५ र ६ मा गठन भएका उपभोक्ता समूहहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालिम दिएको हो । तालीमका सहभागीहरुलाई थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत हरिलाल पुरी इन्जिनियर सन्तोष बोहरालगायतले सहजीकरण गरेका थिए । 

अनुशिक्षणमा स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५ मा भएको व्यवस्थाको विषयमा सहजीकरण गरिएको थियो ।  वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना शाखाका प्रकाश कुमार लामा, प्रविधिकहरु सुकदेव विडारी र बलराम यादवको पनि उपस्थिती रहेको थियो । 

यसैबीच ७ असाेजमा थाहा-१० टाैखेलमा अनुशिक्षण हुने नगरपालिकाले जनाएको छ । 
थाहा नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५ यहाँ क्लिक गरेर पढ्नुहोस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif