Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रवाराहीको प्यासिफिक सहकारीद्वारा ३ सय थान भिटिएम सहयोग

Sahak-1594779125.jpg

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको प्यासीफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले थाहा नगरपालिकालाई भिटिएम सहयोग गरेको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा थाहा नगरपालिकाले गरिरहेको कार्यमा सहयोग पु¥यउउन प्यासीफिक सहकारीले ३ सय थान भिटिएम सहयोग गरेको हो । सहकारीले नगर प्रमुख लवशेर विष्टको विषेश उपस्थितीमा सहकारीका अध्यक्ष राजेन्द्र विडारीले स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीलाई भिटिएम हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रममा सहकारीका अध्यक्ष विडारी, उपाध्यक्ष मिना जोशी, सचिव सविनभक्त श्रेष्ठ,। कोषाध्यक्ष रुपचन्द्र गोपाली, व्यववस्थापक राजन भक्त श्रेष्ठ लगायत सहकारीका सदस्यहरुको उपस्थिती रहेको थियो । 

प्यासीफिक सहकारीले स्वास्थ्य क्षेत्रमा यसअघि बज्रवाराही स्वास्थ्य चौकी, टौखेल शहरी स्वास्थ्य केन्द्रदाई समेत विभिन्न सहयोग गर्दै आएको छ । सहकारीले वर्षेनी आफ्नो साधारणसभाको अवसरमा यस्तो सहयोग गर्दै आएको छ भने विपदमा परेका नागरिकहरुलाई समेत सहयोग गर्दै आएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०