Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बजेटको अन्तिम  तयारीमा जुट्दै थाहा नगरपालिका

budget-1624274419.jpg

थाहा नगरपालिका आर्थिक वर्ष २०७८÷७९ का लागि अन्तिम तयारीमा जुटेको छ । आगामी १० असारमा सञ्चालन हुने नगर सभासमक्ष प्रस्तुत गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु नीति, कार्यक्रम र बजेट निर्माणमा जुटेका हुन् ।
नगर कार्यपालिकाको बैठकले वडा कार्यालय, विषयगत शाखा तथा विषयगत समितिहरुलाई मार्गदर्शनसहित कार्यक्रम तथा बजेट प्रस्ताव गर्न भनेको थियो । सो अनुसार सबै वडाहरुले आआफ्नो वडाको योजनाहरु छनोट गरी पठाइसकेका छन् । 

वडाहरुलाई सिलिङ तोकेर पठाइएकोले प्राप्त योजनाहरुलाई बजेटमा समावेश गरिने भए पनि नगरका विषयगत कार्यक्रमहरु केके समावेश गर्ने र कति बजेट विनियोजन गर्ने भन्ने विषयमा छलफल जारी रहेको नगरपालिकाले जनाएको छ । यस वर्ष गतवर्षभन्दा बजेट केही घटेको नगरपालिकाले जनाएको छ ।

नगरमा क्रियाशील नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काँग्रेस, संघीय समाजवादी पार्टी नेपालले नीति तथा कार्यक्रममा समेट्न विभिन्न सुझाव दिएकोले सोसमेतलाई समेट्न र बजेटमा समावेश गर्न पनि नगरपालिकालाई चुनौति देखिएको छ । 

गत वर्षहरुमा पार्टीहरुले दिएको सुझाव नीति तथा कार्यक्रमहरुमा समेटिए पनि बजेट नीति तथा कार्यक्रमसँग मेल नखानेगरी आएको भन्दै दलहरुले विरोध जनाउँदै आएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०