Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बजेटः कडा रोगीलाई ५० हजार थप सहायता, थाहामा २ विद्यालय नर्स थपिए

student-1592278163.jpg

बागमती प्रदेश सरकारले कडा रोगी विरामीहरुलाई थप सहायता दिने भएको छ । क्यान्सर रोगीको उपचारको लागि संघीय सरकारले दिने सहुलियतमा ५० हजार थप गर्ने बजेटमा व्यवस्था गरिएको छ । १ असारमा भएको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस कार्यक्रमसहित नसर्ने रोगहरुको नियन्त्रणका लागि १५ करोड ८४ लाख विनियोजन गरिएको छ ।
 
यसैबीच बागमती प्रदेशका १ सय १९ स्थानीय तहमा एक विद्यालय एक एक नर्स कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रत्येक स्थानीय तहमा २ विद्यालयमा यो कार्यक्रम विस्तार गरिने बजेटमा व्यवस्था गरिएको छ । 

यस कार्यक्रमका लागि १९ करोड ६० लाख रुपियाँ विनियोजन गरिएको छ । थाहा नगरपालिकामा दुई एक विद्यालय एक नर्स कार्यक्रमका लागि बागेश्वरी मावि टिष्टुङ, सुन्दरीदेवी मावि आग्रा र बज्रवाराही मावि बज्रवाराही छनोट गरि पठाइएको छ । पठाइएका मध्ये दुई विद्यालयमा यो कार्यक्रम लागू हुनेछ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०