nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

बजार अनुगमन जारी, समस्या सँधै उही

IMG_20231013_200208-1697206831.jpg

थाहा नगरपालिकाकाे चाडबाडलक्षित बजार अनुगमन जारी छ । अनुगमनकाे क्रममा सदाझैँ उस्तै समस्या भेटिएकाे छ ।

अनुगमनको क्रममा पसलहरुमा सदाझैँ मूल्यसूची टाँस नभएको, साइनबोर्ड नझुण्ड्याइएको, व्यवसाय नवीकरण बाँकी रहेको, म्याद गुज्रिएको सामान भेटिएकाे, सामानको छुट्टै भण्डारण नगरिएको, लेबल नभएको सामान बिक्रि गरिएको पाइएको अनुगमन टाेलीले फेला पारेकाे छ । चाडपर्व लक्षित हुँदा वा नहुँदा पनि प्रायः अनुगमनमा फेला पर्ने यिनै हुन् ।

'आइन्दा यस्ताे नहाेस्,' छाेटाेमा अनुगमन टाेलीले यति भनेर यसअघि व्यापार व्यवसाय चलाइराख्न भन्ने गरेकाेमा अर्काे पटक र फेरि अर्काेपटक अनुगमन गर्दा पनि समस्या एउटै फेला पारेकाे छ । यसपटक अनुगमनकाे क्रममा देखिएकाे मापदण्ड विपरीतकाे कार्यलाई नियमसंगत गर्न म्याद दिइएको अनुगमन टाेलीले जनाएकाे छ ।

नगर उपप्रमुख भरत गाेपाली नेतृत्वको अनुगमनमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सदस्य गणेशमान श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका सदस्य बलराम थापा, नगरपालिकाका प्रशासन महाशाखा प्रमुख घिमिरे, अनिल लामिछाने, प्रेस संयाेजक शम्भु अधिकारी, नगर प्रहरी लगायतकाे सहभागिता रहेकाे थियो ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)