Saturday, 22nd August, 2026
वि.स.

बजार अनुगमनलाई तिव्रता दिदै थाहा नगरपालिका

नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरेर थाहा नगरपालिकाले नगर क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिएको छ । 

थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेको नेतृत्वमा ५ कार्तिकमा थाहा नगरपालिकाको शिखरकोट तथा आग्राको डाँडाबासमा रहेका बजारहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा मिति सकिएका उपभोग्य वस्तुहरु भेटिएका थिए भने व्यवसायीहरुले आफ्नो पसलमा मूल्यसूचीहरु नराखेको पनि पाइएको थियो । पसलहरु अनुगमनका क्रममा व्यवसायीहरुलाई सचेत परिएको टोलीले जनाएको छ । 

अनुगमन टोलीमा थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, थाहानगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण समितिका पदाअधिकारी, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रतिनीधि तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif