Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बचत तथा ऋण सहकारी संघद्वारा मनहरीका बाढीपीडितका लागि ७० हजार प्रदान

मनहरी–बाढीपहिरोबाट पीडित मनहरी गाउँपालिकाका बासिन्दालाई राहत तथा पुनस्र्थापनाको काम गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले ७० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

एकद्वार प्रणाली अनुसार गाउँपालिकाका पीडितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि मनहरी गाउँपालिकाले छुट्टै खाता सञ्चालन गरेको थियो । दातृ निकाय तथा व्यक्तिहरुले सहयोग गर्न चाहेमा गाउँपालिकाको उक्त खातामा रकम जम्मा गर्न आह्वान गरिएको पहिलो दिनमै बचत तथा ऋण सहकारी संघले ७० हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई संघका सचिव कल्पना श्रेष्ठ तथा अन्य पदाधिकारीहरु मिलेर चेक हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले आइतबार मात्रै बाढीपहिरो पीडितका लागि सहयोग गर्न दातृ निकाय वा व्यक्तिहरुसँग आह्वान गरेको थियो । अध्यक्ष उप्रेतीले एकद्वार प्रणालीबाट राहत बितरणका लागि खाता सञ्चालन गरिएको बताए । सहयोग गर्न इच्छुकहरुले गाउँपालिकाको नेपाल बैँकमा रहेको खाता नं ०२५०३००००००००४००१००६ मा जम्मा गर्न सकिने जनाएको छ । सार्वजनिक आह्वानपछि थुप्रै संस्थाहरुले सहयोगका लागि चासो देखाउँदै फोन गरेको अध्यक्ष उप्रेतीले बताए । 



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com