nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलमा शान्ती सुरक्षा व्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुरको फाखेल गाविसमा शान्ती सुरक्षा व्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फाखेल प्रहरी चौकीको आयोजनामा २० माघमा कार्यक्रम भएको हो । 

फाखेल प्रहरी चौकीका इन्चार्ज उदय राउत अहिरको सभाध्यक्षतामा भएको कार्यक्रममा फाखेलमा क्रियाशील दलहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । एघार जनाको दरबन्दी रहेको फाखेल प्रहरी चौकी फाखेलमा हाल सात जनाले मात्र सेवा दिदै आएकोमा नेकपा एमाले क्षेत्रीय उपाध्यक्ष जीवन लामाले प्रहरी चौकीमा पर्याप्त दरबन्दी दिन गृह मन्त्रालयलाइ अनुरोध गरे ।

शान्ति सुरक्षाका लागि खटाइएको प्रहरीमा दरबन्दी नै पर्याप्त नभए त्यसले दिने सेवा सुबिधा कस्तो होलारु यो शान्ति सुरक्षाको लागि जटिल प्रश्न हो । उनको टिप्पणी थियो। प्रहरी मेरो साथी अभियान चलिरहेको बखत  दरबन्दी अनुसार प्रहरी नहुँदा चौकीले दिने सुबिधाले गाउँका जनताले म सुरक्षित छु भन्ने भावना पैदा गराउन कदापी नसक्ने चौकी इन्चार्ज अहिरको भनाइ छ । 

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका बेदबहादुर लामा, सिसिडिएनका जगत बजगार्इ,नेकपा एमाले फाखेल गाउँ कमिटिका कार्यबाहक अध्यक्ष धनराज महर्जन माओवादी केन्द्रका बाबुकाजी बस्नेत, नेपाली काग्रेसका बिनय कार्की, नागरिक मञ्च समन्वय समितिका संयोजक धनबीर स्याङ्तान, इन्द्रसरोबर युवा क्लब मार्खु मकवानपुरका सहजकर्ता पुस्कल गोले सागर लगायतको उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।