Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फाखेलको सडक एक महिना बन्द हुने

bato-banda-1502088536.jpg

हेटौंडा काठमाण्डौंजोड्ने कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक  २४  साउन,  मंगलबारबाट एक महिनाभन्दा बढी समयको लागि बन्द हुने भएको छ । सेकेण्ड कोट वटासिल पिच र ममृतको लागि भदौ मसान्त सम्म बाटो बन्द गरिन लागिएको जिल्ला समन्वय समिति मकवानपुरले सूचना जारी गरी जानकारी दिएको छ । 
जिल्ला समन्वय समिति मकवानपुरको कार्यालयबाट सञ्चालित राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत ‘कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक’ मा दास्रो कोट वटासिल गरिनुका साथै विभिन्न स्थानहरुमा गएको पहिरो पन्छाएर संरचना निर्माण गर्न कार्यालयले यातायात बन्द गर्न लागेको हो । 
केही समय अगाडि एक लेयरमात्र वटासिल बिछ्याउने कार्य भएको सडकमा बनेको हप्ता दिन नपुग्दै वटासिल भत्किएपछि त्यसको चर्को आलोचना समेत भएको थियो ।
-मञ्जरी बलामी