nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलको मञ्जुश्रीको अध्यक्षमा लामा निर्वाचित

मकवानपुरको फाखेल गाउँ बिकास समिति वडा नं ५ स्थित श्री मञ्जु श्री जन आधारभुत विद्यालयको वार्षिक अभिभावक भेला २७ माघमा सम्पन्न भएको छ । सरस्वती बालबोधनी मार्खु स्रोत केन्द्रका स्रोत व्यक्ती ज्ञानेन्द्र दाहालको प्रमुख आतिथ्यता भेलाले जीवन लामा अध्यक्षतामा नौ सदस्यीय नयाँ व्यवस्थापन समिति सर्वसम्मत रुपमा गठन गरेको हो । 

नव गठित समितिमा अध्यक्ष लामा सहित सदस्यहरू रमेश वाइबा, शुकमाया स्याङ्तान, राजकुमार थोकर, शान्तमाया लामा, संगिता लामा, भरत वाइबा र सदस्य सचिव मालिका शर्मा रहेका छन् । सिर्जना युवा क्लव फाखेल ५ ले विभिन्न समयमा देउसी भैलो र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि संकलित रकम र स्थानीय शिक्षा प्रेमी अगुवाहरु र युवा जमातको योगदानमा वि.सं. २०५० मा स्वर्गिय मानबहादुर लामाले विद्यालयको स्थापना गराएका थिए । वि.सं. २०५० सालदेखि निरन्तर रुपमा विद्यालय व्यवस्थापन समिति सम्हाल्दै आएका मानबहादुर लामाको गत बर्ष निधन भएको थियो । 

निवर्तमान विद्यालय ब्यव्स्थापन समिति अध्यक्ष अक्कलबहादुर बलको सभाध्यक्षतामा कार्यक्रममा महाचुनी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष धनराज महर्जन र स्रोत ब्यक्ती ज्ञानेन्द्र दाहालले मन्तब्य राखेका थिए । कार्यक्रमको अवसरमा उत्तरी मकवानपुरमा क्रियाशील सहयात्रा नाटक समुहले बाल विवाह विरुद्ध सडक मञ्चन गरेका थिए । नव निर्वा्चित अध्यक्ष लामा गाउँ बाल संरक्षण समिति फाखेलका अध्यक्ष समेत हुन् ।
 



https://www.thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।