Wednesday, 26th August, 2026
वि.स.

फरार प्रतिवादी १३ बर्षपछि हेटौंडाबाट पक्राउ

pakrau1-1605592936.jpg

मकवानपुर प्रहरीले डाका मुद्धाका एक फरार प्रतिवादीलाई १३ बर्षपछि हेटौंडाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा–७ नागस्वती घर भई घटनाको समयमा काठमाडौंको बसुन्धारा बस्ने जगन्नाथ ढकाल रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले सोमबार नागस्वतीबाट पक्राउ गरेको हो ।

ढकालसहितको ५ जनाको टोलीले २०६१ असोज ७ गते काठमाडौंको जडिबुटीमा बनेपाबाट फर्कदै गरेका नारायण खनालको बा१६प ६८२१ नम्बरको मोटरसाइकल रोकी सुरक्षकर्मी हौं भनी खनाललाई अपहरण गरी एकान्तमा लगी उनले ब्यागमा बोकेको १० लाख २५ हजार रुपैंया र मोटरसाइकल समेत लुटेर भागेका थिए। 

उनीमाथि २०६४ साल भदौ ६ गते जिल्ला अदालत काठमाडौंले ६ बर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैंया जरिवाना हुने फैसला गरेको थियो । घटनामा ढकालसहित ११ जनाविरुद्ध मुद्धा दायर भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif