nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फरक क्षमताका भोम्जनलाई चिनाउन थाहानगरमा सामुहिक नृत्य प्रतियोगिता

मकवानपुर थाहा नगरपालिकामा विश्व नृत्य दिवस मनायएको छ । दिवसको अबसरमा थाहा कला केन्द्रको आयोजनामा भएको अमिर भोम्जन परिचय अभियान अन्तर्गत सामुहिक नृत्य प्रतियोगिता भएको हो । 

प्रतियोगितामा स्टोङ सोल डान्स क्रियू प्रथम भएको छ भने पालुङ भ्यालि हार्ट एकेडेमी द्वतीय र स्वाच्छन्द्र भैरब मावि चित्लाङ तृतीय भएको छ । नवक्षितिज कला केन्द्रका अध्यक्ष बिजय श्याम अमात्य र श्रीकृष्ण श्रेष्ठ प्रतियोगिताको निर्णयक रहेका थिए । प्रतियोगितामा उत्तरी मकवानपुरको १३ वटा विद्यालयको सहभागिता रहेको थियो । 

थाहा नगरपालिकाको उपप्रमुख खड्का बहादुर गोपालीको प्रमुख आथित्यता तथा सुनैलो बिहानी युवा क्लबको अध्यक्ष सर्मिला स्याङतानको सभाध्यक्षतामा प्रतियोगिता भएको थियो । प्रमुख अथिति समेत रहेको उपमेयर गोपालीले अमिर भोम्जन जस्तो व्यक्तिको प्रतिभालाई सबैले कदर गर्न आवश्यक रहेको बताए । उनले नगरपालिकाले सक्दोे सहयोग गर्ने बताए । उनले प्रेरणा स्वरुप गीत गाउँदै कला र संस्कतिलाई बचाउनको लागि सबै एक भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा वडा नम्बर—१ का वडा अध्यक्ष हेरमान गोपाली, पालुङ जेसिज बर्ष २०१९ को अध्यक्ष कुमार नेगी, ७ नम्बर वडा सदस्य दिपक थिङ, सुन्दरीदेवी माविका ब्यवस्थापन समिति अध्यक्ष बिनायक गोले, नेपाल गोजुरियो कराते दोसङ केन्द्रिय सदस्य मानसिङ दोङ, लोक तथा दोहोरी गायिका रजनी लामा, फरक सचेच अभियानका संयोजक यादवजंग रायमाझी, पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य रुपक कालिराज लगायतको आथित्यता रहेको थियो ।