Tuesday, 25th August, 2026
वि.स.

प्लाष्टिक प्रयोगको विकल्प खोजीका लागि अन्तरक्रिया

photo2-1595606625.jpg

प्लाष्टिकजन्य सामाग्रीको प्रयोगको कारण वातावरणीय क्षेत्रमा पारेको असरलाई कम गर्न प्लाष्टिक प्रयोगको विकल्प खोजीका लागि ९ साउनमा स्थानीय सरकार र सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । 

अस्मिता नेपालको आयोजना र न्युरेनी चिसापानी सामुदायिक बन उपभोक्ता समुहको समन्वयमा   “प्लास्टिक प्रयोगको निर्मुल र विकल्पको“ विषयमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्लाष्टिकको प्रयोग निर्मुल गर्न नसकिने बताउनुभयो । उहाँले दुइदशकअघि तत्कालिन हेटौंडा नगरपालिकाहुँदा प्लाष्टिकको अन्यको लागि कपडाको झोला, सुइरो लगाएतका कार्यक्रम चलाएपनि सफल नभएको सम्झदै प्लाष्टिकको प्रयोग केही कम गर्नसक्नेतर्फ सोच्नुपर्ने बताए । प्राकृतिक स्रोत र साधनलाई आधुनिक प्रविधिको प्रयोग गर्दै प्लाष्टिकको विकल्पमा  प्रयोग गर्न सकिने वस्तु उत्पादन गर्नुपर्ने बताए । यसका लागि उपमहानगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताए ।

यस्तै उपमहानगरका वातावरण तथा सरसफाई समितिका संयोजक एवं वडा नम्बर ७ का अध्यक्ष राजन दाहालले पछिल्लो समय प्लाष्टिकका प्लेट तथा कपको प्रयोग बढिरहेकोले यसलाई नियन्त्रणको लागि वन समुहले टपरी तथा दुना बनाउन सक्ने बताए। कार्यक्रममा वन समुहका उपाध्यक्ष रामचन्द्र अधिकारीले समुहका महिलाहरुको आर्थिक स्तर बढाउन र उनीहरुलाई उद्यमतर्फ आकर्षित गर्न मेसिनबाट दुना टपरी बनाउने तालिम दिन लागिएको बताए । अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले समुहका सदस्यहरुलाई हस्तकला सामाग्री निर्माणका लागि तालिम र उद्योग दर्ता गर्न सहयोग गर्दै आएको बताउँदै दुना टपरी निर्माण, बजारीकरण र खेर गएका वस्तुवाट जैविक मल बनाउनको लागि सहयोग गर्ने बताए । कार्यक्रम न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतामा भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif