nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रेस चौतारीले बुझायो महाँसंघ लाई 'ध्यानाकर्षण पत्र'

pres-1479892205.jpg

प्रेस चौतारी मकवानपुरले सम्मान स्वरुप महासंघका संस्थापक सदस्यहरु, पूर्व पदाधिकारीहरु, बहालवाला पार्षदहरुको स्वतः सदस्यता नविकरणको माग गर्दै पत्रकार महाँसंघ मकवानपुरलाइ ध्यानाकर्षण पत्र पठाएको छ । पत्रकार महाँसंघ मकवानपुरको बैठकमा पत्रकार महाँसंघका सदस्यहरुको सदस्यहरुको नबिकरणका सम्बन्धमा चित्त नबुझेपछी चौतारीले पत्र पठाएको हो ।

पत्रकार महाँसंघ मकवानपुरलाई ध्यानाकर्षण पत्र बुझाउँदै चौतारीले सदस्यता सुद्धीकरणको नाममा महाँसंघले सम्मान गर्नुपर्ने बताएको छ । चौतारीले पत्रकार महाँसंघ मकवानपुरले ब्यक्तिको सदस्यता नै नबिकरण नगरेकोमा बिरोध गरेको छ । चौतारीले महासंघको संस्थागत र भौतिक निर्माणमा महत्वपुर्ण भूमिका निर्बाह गर्नुहुने र लामो समयदेखि अभिभावकत्व प्रदान गर्नुहुने अग्रज व्यक्तिलाई स्वतः सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाउनुहुन माग गरेको छ ।

मिडियामा सक्रिय रुपमा काम गरीरहेका केही पत्रिकारका सम्पादक तथा महासंघका सदस्यहरुको नाम समेत नविकरण सिफारीशमा  छुट्न गएकाले सच्याउन  माग गरिएको प्रेश चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालले बताए । चौतारीले नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा ध्यानाकर्षण पत्र दिएर प्रेस चौतारी नेपालको केन्द्रमा पनि बोधार्थ दिएको छ ।