Friday, 21st August, 2026
वि.स.

प्राविधिक शिक्षाका लागि साधारण शिक्षा अब्बल हुनुपर्छ : डा. लामिछाने

कोलम्बो प्लान स्टाफ कलेज फिलिपिन्सका निर्देशक डा. रामहरि लामिछानेले साधारण शिक्षामा अब्बल नभए प्राविधिक शिक्षामा गुणस्तरीयता नआउने बताएका छन् । व्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिइभिटीका पूर्व सदस्य सचिब समेत रहेका उनले हरेक शिक्षालाई सीपसँग, सीपलाई रोजगारसँग र रोजगारलाई अर्थतन्त्रसँग जोड्नु पर्नेमा जोड दिए ।

मकवानपुरको चित्लाङमा रहेको थाहा पोलिटेक्निक इन्ष्टिच्युटले चित्लाङमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख आतिथि रहेका थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले सानै कक्षादेखि गुणस्तरीय शिक्षामा ध्यान दिन सकेमा माथिल्लो तहमा परिणाम राम्रो आउने बताए । शिक्षा प्रमाणपत्रका लागि नभई समृद्धि र विकासका लागि हुनु पर्ने उनको भनाइ रहेको छ । 

मन्तव्य व्यक्त गर्नुहुँदै थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट । फोटो: संजिव नेपाल/चित्लाङ

व्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिइभिटीअन्तर्गत संचालित  थाहा पोलिटेक्निक इन्स्टिच्युटको हालको अवस्था र भावी कार्यक्रमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो । 

इन्स्टिच्युटका प्रिन्सिपल प्रलिपराज बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सिटिइभिटीका पूर्व सदस्य सचिब रमेश बखती, निर्देशकहरु प्रमोदभक्त आचार्य, यामप्रसाद भुर्तेल, ईश्वरीदत्त भट्ट, सिटिइभिटी प्रदेश ३ निर्देशक कृष्णबहादुर केसी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा वक्ताहरुले पोलिटेक्निकको शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन सुझाव दिएका छन् । ३ वर्षदेखि संचालनमा रहेको पोलिटेक्निकमा हाल वन विज्ञानतर्फ डिप्लोमा तहको पठनपाठन हुँदै आएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif