Friday, 21st August, 2026
वि.स.

प्राधिकरण पालुङ वितरण केन्द्रका कर्मचारीलाई सेफ्टी सामाग्री

नेपाल विद्यत प्राधिकरण पालुङ वितरण केन्द्रले वितरण लाईनमा काम गर्ने कर्मचारीहरुलाई सुरक्षा (सेफ्टी) सामाग्री वितरण गरेको छ । 

पालुङ वितरण केन्द्रमा १७ कार्तिकमा सबै प्राविधिक कर्मचारीहरुलाई सेफ्टी सामाग्री वितरण गरेको हो । सामाग्री वितरण गर्दै पालुङ वितरण केन्द्र प्रमूख सन्तोष प्रसाद पन्तले विद्युतिय कार्य जोखिमयुक्त कार्य भएकाले कामका क्रममा अनिवार्य सेफ्टी सामाग्री प्रयोग गरेर मात्र कार्य गर्न सबै प्राविधिक कर्मचारीलाई निर्देशन दिदै सचेत गराएका छन् ।

वितरण लाईनका क्रममा प्रयोग हुने हेलमेट,पञ्जा, ईसुलेटेड सामाग्री, जुत्ता लगाएतका सामाग्री वितरण गरिएको हो। विद्युतिय कार्यमा खटिने कर्मचारी सेफ्टी सामाग्री प्रयोग नगर्दा र असावधानीका कारण दुर्घटनामा पर्ने जोखिम बढी भएपछि प्राधिकरणले सेफ्टी सामाग्री अनिवार्य गराएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif