Sunday, 23rd August, 2026
वि.स.

प्रहरी नायव निरीक्षक घुससहित रंगेहात समातिए

Police-1572518600.jpg

बारामा प्रहरी नायव निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित नियन्त्रणमा लिएको छ । बाराको महागढीमाई नगरपालिकास्थित गंजभवानिपुर चौकीका इन्चार्ज जटशंकर साहलाई ६० हजार घुसको रकमसहित १४ कार्तिकमा नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव निरीक्षक जट्टाशंकरलाई कपडा व्यापारीसंग लिएको रकमसहित आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले नियन्त्रणमा लिएको हो । तस्करीको लाइन मिलाईदिने भन्दै साहले कपडा व्यापारीसाग घुस मागेको अख्तियार स्रोतले जनाएको छ। अख्तियारकोले कलैया उपमहानगरपालिका ४ स्थित चोकबाट साहलाई नियन्त्रणमा लिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif