Wednesday, 26th August, 2026
वि.स.

प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते

bara-1603952231.jpg

बाराको सुवर्ण गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर बालक घाइते भएका छन् ।

गएराति इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको झण्डै २० क्विन्टल आलु प्याज जिल्ला प्रहरी कार्यालय कलैया लैजाने क्रममा झडप भएको हो । प्रहरीको गाडीमा लोड गरिएको सामान स्थानीयले निकाल्न खोजेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर सुवर्ण गाउँपालिका वडा नम्बर २ का १४ वर्षका रन्जन यादव घाइते भएका छन् । टाउकोमा गोली लागेर घाइते भएका यादवलाई वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ रेफर गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif