Saturday, 22nd August, 2026
वि.स.

प्रधिकरण पालुङबाट विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर

Bijuli00000000000000-1584545332.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले निःशुल्क मिटर वितरण गर्न शुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले गरिब तथा विपन्न परिवार तथा सास्कृतीक सम्पदाको लागि निःशुल्क विद्युत मिटर जडान गर्ने अभियान अन्तर्गत ५ चैतबाट वितरण शुरु गरेको हो । 

वितरण केन्द्र प्रमूख सन्तोष प्रसाद पन्तलले थाहा नगरपालिका १० की लक्ष्मीमाया गोपालीको नाममा निःशुल्क जारी भएको विद्युत मिटर थाहा नगरपाकिला १० का वडा सदस्य दिपक गोपालीलाई हस्तान्तरण गरेर यो सेवा शुभारम्भ गरेका हुन्  ।

नेपाल विद्युत प्राधिकरणले अति विपन्न बर्ग तथा सांस्कृतिक सम्पदाहरुमा निशुल्क मिटर जडान गर्ने कार्यक्रम अन्तर्गत सम्बन्धित स्थानिय निकायको सिफारिस साथ विद्युत मिटर फारम भरि पालुङ वितरण केन्द्रमा निवेदन पेश गरेमा निशुल्क मिटर उपलब्ध गराईने प्राधिकरणले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif