Saturday, 22nd August, 2026
वि.स.

प्रदेश ३ का १ सय १९ वटै स्थानीय तहमा डेंगु नियन्त्रणका कार्यक्रम

प्रदेश –३ मा अहिलेसम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखा परेको सामाजिक विकास मन्त्रालय प्रदेश–३ ले जनाएको छ । प्रदेशका १३ वटा जिल्लामा हाल सम्म झण्डै चार हजार जनामा डेंगुका बिरामी फेला परेका हुन् । १३ जिल्ला मध्यमा सबै भन्दा वढी चितवनमा एक हजार ४ सय ६० जना बिरामी फेला परेका छन् ।

मकवानपुरमा ७ सय २८ जना, काठमाण्डौमा एक हजार ३ सय ४५ जनामा डेंगु देखा परेको प्रदेश ३ का सामाजिक विकाश मन्त्री युवराज दुलालले बताए । अन्य जिल्लामा भने यी जिल्लाको तुलनामा थोरै मात्र बिरामी फेला परेका छन् ।

डेंगु नियन्त्रणका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा अभियान चलाईने प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री दुलालले बताए । २५ भाद्रमा मन्त्रालयमा आयोजित पत्रकर सम्मेलनमा बोल्दै उनले प्रत्येक हप्ता डेंगु नियन्त्रणका लागि हरेक स्थानीय तहमा र जिल्लामा स्तरमा अभियान चलाईने बताए । 

सबै जागौ, सबै लागौ वरीपरी जमेको पानी हटाई डेंगु भगाऔं डेंगु नियन्त्रण बिषयक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो अभियानमा सबै क्षेत्र एकै पटक जुट्नका लागि आग्रह समेत गरे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif