Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश २ मा थपिए ६० संक्रमित

covide-1590913547.jpg

 प्रदेश २ मा आइतबार ६० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यससँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।

आइतबार थपिएका नयाँ संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना छन् । रौतहटमा संक्रमित भएकामध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना हुन् ।

यस्तै, धनुषामा संक्रमित भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा थपिएका संक्रमितमध्ये हरिपुर नगरपालिकाका ७ र बहम्पुरी गाउँपालिकाको क्वारेन्टाइनका ३ जना छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०