Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश सरकारको बजेटमा मकवानपुरका खेती योग्य जमिनमा सिंचाइ

Krisi-pic-hetauda-1608647249.jpg

मकवानपुरका बिभीन्न स्थानीय तहका खेतीयोग्य जमिनको सिंचाइ गर्नका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलय सहयोग गर्ने भएको छ ।

खेतीयोग्य खेतबारी भएपनि सिंचाइ गर्नका लागि समस्या भोग्दै आएका स्थानमा सहयोग गर्न लागिएको हो । हेटौंडाको लक्ष्मीनारायण ट्युवेल सिंचाइ योजनाका लागि मन्त्रालयले ५५ लाख रुपैयाँ छुट्याएको छ । यसबाट चालु आर्थिक वर्षमा काम गरिने मन्त्रालयले जनाएको छ ।
यसैगरी मकवानपुरको बागमती गाँपालिकाको फापरबारी सिंचाइ आयोजना पनि निर्माण गरिने भएको छ ।

यस आयोजनाका लागि मन्त्रालयले एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । हेटौंडा १४ को मेम्बरटोल सिंचाइ योजना निर्माण गरिने भएको छ । यसका लागि मन्त्रालयले ४८ लाख रुपैयाँ बजेट छुट्याएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०