Thursday, 20th August, 2026
वि.स.

प्रदेश तीन सरकारले हावाहुरी पीडितलाई एक करोड रुपैयाँ दिने निर्णय

pv_3-1554182668.JPG

तीन नम्बर प्रदेश सरकारले प्रदेश २ का नागरिक विपत्तिमा परेका बेलामा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश ३ को मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेशमा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । 

प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो । 

सोमबार मात्रै मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्षा जिल्लामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको थियो । त्यहाँका घाइते उनीहरुका आफन्तसँग समेत विरगन्ज र कलैयाको अस्पतालमा पुगेर भेट गर्नुभएको   थियो । 

हावाहुरी पीडितलाई सांसदहरुले तीन दिनको तलब दिने 

हावा हुरीका कारण विपत्तिमा परेका बारा र पर्सा जिल्लाका नागरिकका लागि प्रदेश नम्बर ३ का सांसदहरुले पनि सहयोग गर्ने भएका छन् । 

छिमेकी प्रदेशमा विपत्ति पर्दा टुलुटुलु हेरेर बस्न नहुने भन्दै सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले आवाज उठाएपछि मंगलबार प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । 

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निर्णय गरिएको हो 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०