Wednesday, 19th August, 2026
वि.स.

प्रथम अष्टमान स्मृति फुटबल टिस्टुङ्मा आजबाट

football-1604640756.jpg

थाहा नगरपालिका वडा नं ११ खुकुरी मैदानमा शुक्रबारबाट प्रथम अष्टमान स्मृति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानिय टोल विकास संस्थाको आयोजनामा हुने कार्यक्रमको उद्घाटन थाहा नगरपालिका प्रमुख लबशेर बिष्टले गर्ने थाहा नगरपालिका वडा नं ११ का वडाध्यक्ष किरणमान बलले बताए ।

प्रतियोगिताको प्रथम हुनेले नगद ४० हजार नगद, शिल, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुनेले २५ हजार नगद, शिल, मेडल, प्रमाणपत्र र तृतिय हुनले नगद १५ हजार सहित शिल,मेडल,प्रमाणपत्र प्राप्त गर्ने थाहा–११ का वडा अध्यक्ष बल जानकारी दिए ।

मकवानपुर र धादिङ जिल्लाका गरी १६ वटा समुहले भाग लिने कार्यक्रमको उद्घाटनमा जिल्ला खेलकुद विकास समिति मकवानपुर र जिल्ला फुटबल संघका पदाधिकारीहरुको सहभागिता रहने छ ।  
    



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif