Friday, 21st August, 2026
वि.स.

प्रज्ञा ज्ञानमाला भजन संघमा नयाँ समिति

प्रज्ञा ज्ञानमाला भजन संघ मकवानपुरको एक भेलाले नयाँ कार्यसमिति गठन गरेको छ । भेलाले पवन शाक्यको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा सुनकुमार मानन्धर, द्वितिय उपाध्यक्षमा शोभा बज्राचार्य, महासचिवमा नियमराज शाक्य, कोषाध्यक्षमा प्रेम शाक्य, सहसचिवमा तेजलक्ष्मी शाक्य, सह–कोषाध्यक्षमा रुपा बज्राचार्य, सदस्यहरुमा सुमित्रा श्रेष्ठ र सानु शाक्य रहेका छन् । प्रज्ञा महाविहारका अध्यक्ष रुपकराज बज्राचार्यको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रज्ञा महाविहारका पूर्व सल्लाहकार पुष्पनन्द शाक्य, धर्मगुठी हेटौंडाका अध्यक्ष ज्ञानरत्न बज्राचार्य लगायतको आतिथ्य रहेको थियो ।

वि.सं. २०५६ सालमा गठन भएको प्रज्ञा ज्ञानमाला भजन संघमा ३५ सदस्य रहेका छन् । मकवानपुरमा भगवान् बुद्धको उपदेशलाई जनमानसमा फैलाउँदै आएको संघले हरेक शनिबार महाविहारमा तथा विभिन्न कार्यक्रममा बुद्धको उपदेश समेटिएको ज्ञानमाला भजन प्रस्तुत गर्दै आएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif