nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रगतिशील लेखक संघ गाउँजागरण अभियानमा

pragatishil-lekhak-sangh-1479621802.jpg

चुरियामाई । प्रगतिशील लेखक संघ मकवानपुरले गाउँ जागर अभियान अन्र्तग हेटौडा –१८ चुरियामाई सिखरपानीमा रहेको चुरियामाई माविमा साहित्यिक कार्यक्रम अन्तरगत कविता प्रतियोगिता सम्पन्न गरेको छ । मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य निमेश निखिलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा संघका जिल्ला सल्लाहकार कौशल पाण्डे, विद्यालयका प्रअ विष्णु परियार, संघका कोषाध्यक्ष नानीमैया विष्ट, सदस्य विशाल अधिकारी, केशव समर्पण लगायतकाले मन्तव्य सहित आ–आफ्नो सिर्जना राखेका थिए । कविता प्रतियोगितामा मन्दीरा भोम्जन प्रथम, मुना गोले द्धितीय, आकाश थिङ तृतीय भएका थिए । त्यस्तै सान्त्वना स्वस्तिका थिङ सहित रेनु डिम्डुङ, अन्जना पाख्रीन, वीलियम थिङ लगायतकाले कार्याक्रममा भाग लिएका थिए । विद्यालयका शिक्षक गिता बस्नेत र देवराज शर्माको निर्णायक मञ्डल रहेको थियो ।