Wednesday, 19th August, 2026
वि.स.

पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु

kid-1616404858.jpg

सप्तरी र धनुषामा पोखरीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका अनिल साहका एक वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।

घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif