Tuesday, 25th August, 2026
वि.स.

पोखरीमा डुबेर दई बालिकाको मृत्यु

dubeko-1595742190.jpg

 सर्लाहीको ईश्वरपुर नगरपालिका -१४ हरकठवाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोको १० वर्षीया छोरी आरती कुमारी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शनिबार दिउँसो बाख्रा चराउन गएकी बालिकाको स्थानीय प्रकास महतोको माछा पालन गर्नका लागि खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको हो। साँझसम्म घर नआएपछि आफन्तहरुले खोजी कार्य गरेका थिए।

खोज्दै जादाँ दुबैजनाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको थियो। पछि पोखरीमा हेर्दा दुबैजना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।  मृतक दुबैजनाको शव अहिले पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवा लगिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif