Wednesday, 26th August, 2026
वि.स.

पैसा लुटेकाे १६ वर्षपछि मकवानपुरका ढकाल पक्राउ परे

Jagannath_Dhakal_-1605707765.jpg

डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ नागसोती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाल रहेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा हेटौंडा उपमहानगरपालिका-७ नागसोतीबाट सोमबार पक्राउ गरेको हो ।

२०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंले ढकालविरुद्ध डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरीवाना सुनाएको थियो । प्रहरीका अनुसार ढकाल समेतका व्यक्तिहरुले २०६१ असोज ७ गते काठमाडौंको जडीबुटीमा बनेपाबाट बा।१६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जबरजस्ती भ्यानमा राखी एकान्तस्थानमा लगेर १० लाख २५ हजार रुपैयाँ, मोटरसाइकल र मोबाइल समेत गरी कुल ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका थिए ।

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif