Tuesday, 18th August, 2026
वि.स.

पेस्तोलसहित ३ जना पक्राउ

pestol-1615711477.jpg

रुपन्देही प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मर्चवारी– ७ कन्चनापुरबाट प्रहरीले चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए । 

पक्राउ पर्नेमा सम्मरीमाई गा।पा।वडा न।७ बेतकुईया बस्ने  सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif