Thursday, 20th August, 2026
वि.स.

पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि ३ असार राती १२ बजेदेखि निगमले इन्धनको मूल्य घटाएको हो ।

भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूलय घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटाइएको उहाँले बताउनुभयो । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२/९२ रुपैयाँ पुगेको छ ।

भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार  पेट्रोलमा ३ र डिजेलर मटितेलमा २/२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू हुनेछ।’ गमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif