Wednesday, 19th August, 2026
वि.स.

पूर्वसांसद जोशीको निधन

congrres-1612944734.jpg


पूर्वसांसद गङ्गादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि “नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृदयाघात भयो”,  कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भने, “उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।”

उहाँको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताए । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहेको बुझिएको छ ।रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif