Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पूर्वराजा ज्ञानेन्द्र दम्पत्ती हेटौंडा हुँदै चितवन जाने

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हेटौंडा आउने भएकाछन् । अहिले उनीहरु बाराको सिमरामा छन् । ५ फागुनमा बारा पुगेका उनीहरु त्यहाँ पुग्दा सर्वसाधारणले स्वागत गरेका थिए । हेटौंडामा पूर्व राजालाई नागरिक अभिनन्दनको कार्यक्रम छ ।

यस्तै, ७ फागुननमा चितवनमा कोमलको जन्मोत्सव मनाउने कार्यक्रम तय भएको बुझिएको छ । आफ्नै सवारी प्रयोग गरी सिमरा हुँदै चितवन जाने कार्यक्रम रहेको बताइएको छ । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते सबै परिवारका साथ कोमलको जन्मोत्सव मनाएपछि ८ गते पुन सिमरा फर्कने कार्यक्रम छ ।