Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पुर्ननिर्माणः मकवानपुरमा ९३ प्रतिशत निजी आवास सम्झौता 

IMG_8115-1609119934.JPG

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुर जिल्लामा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताएकाछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको ५ बर्ष पुरा भएको अवसरमा १२ पुसमा हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै प्रमुख खुलालले जिल्लामा सबैको सहयोग र समन्वयमा काम सन्तोषजनक भएको बताए । 

प्रमुख खुलालले २०७२ सालको बिनासकारी भुकुम्प पछि जिल्लामा निजि आवास, विद्यालय सञ्रचनालगायतको पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको उल्लेख गरे । सुरु–सुरुमा केहि समस्या जस्तो देखिए पनि समग्रमा सबैको सहयोग र समन्यवमा काममा उपलब्धी हासिल गर्न सकिएको बताए ।  उनले जिल्लामा अब बाँकी रहेका पुनर्निमाणको काम सकारात्मक रुपमा लागेर समयमै सम्पन्न गर्नुपर्ने समेत बताए । प्रमुख खुलालले पुनर्निर्माणको काममा मकवानपुर जिल्ला अन्य जिल्लाको तुलनामा अघि रहेको भन्दै अब भुकुम्प भनेर मात्र बस्नु नहुने र यसबाट मुक्त हुदै बाँकी रहेको पुनर्निर्माणको कामहरु सकेर अघि वढनुपर्ने बताए । उनले बाँकी रहेको काममा ३ वटै तहका सरकारको समवन्यमा समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले सुरुकै अवस्था देखि पुनर्निर्माणको काममा आफुले आवश्यक समवन्य गर्दै आएको भन्दै सम्पन्न गर्नका लागि थप सहयोग र समवन्यको लागी तयार रहेको समेत बताए । 

कार्यक्रममा भुकुम्प पुनर्मिाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन, शिक्षा र भवन कार्यालयद्धारा हालसम्मको पुननिर्माणको प्रगति विवरण सार्वजनिक गरिएको थियो ।  कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमल किशोर केपिले हालसम्म पहिचान भएका पुननिर्माण लाभग्राही संस्या ३४ हजार एक सय ८८ घर मध्ये ३२ हजार ८ सय ५ अर्थात ९३ प्रतिशतले सम्झौता गरेको, ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेको जानकारी दिए । उनले हालसम्म २२ हजार एक सय ५ जनाको निजि आवास पुननिर्माण सम्पन्न भईसकेको जानकारी दिए । 

जिल्लामा जोखिमयुक्त बस्तिमा परेका २६ जना मध्ये २२ जनालाई अन्यत्र स्थानान्तरण गरिएको साथै ६ सय २७ लाभगाह्री जोखीम बर्गमा परेको, ५ हजार ५ सय ७५ जनालाई साबिकै स्थानमा घर निमार्ण गर्न स्वीकृत प्रदान गरिएको, र हालसम्म ६१ भूमिहिन लाभग्राहीले अन्यत्र जग्गा खरिद गरेको जानकारी दिए ।  

त्यस्तै कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख प्रमुख बद्री बहादुर पाठकले विद्यालय व्यवस्थापन समिति मार्फत आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७५/०७६ को दोश्रो चरणसम्म जिल्लामा प्राप्त २ सय ५२ विद्यालय भवनको ७९३ कक्षाकोठा मध्ये हालसम्म २५१ भवनको ७८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भईसकेको जानकारी दिए । 

त्यसैगरी जाईकाको ऋणबाट निर्माण हुदै गरेका जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २७८ कक्षाकोठा निर्माण सम्पन्न भईसकेर हस्तान्तरण भैसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । यसैगरी एसियाली विकास बैकको नमूना विद्यालय तर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको साथै ३ वटा विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले आर्थिक वर्ष २०७६/०७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २१७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण कार्य अगाडि बढेको समेत जानकारी दिए । उनले हालसम्म कूल ३०४ विद्यालयको १२२६ कक्षाकोठा निर्माण सम्पन्न भइ प्रयोगमा आएको र जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १३२ कक्षाकोठा निर्माणका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको, साथै एसियाली विकास बैकको ऋण सहयोगमा तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको बताए । 

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई भवनका तर्फबाट ईन्जिनीयर रविन पाठकले भवन निर्माणको प्रगतिका बारेमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।