Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा राखिने

rasuwa-1591512188.jpg

रसुवामा पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वरेन्टीनमा नै बस्नुपर्ने भएको छ ।शंका लागेकाहरुको सुरुमा नै आरटी–पीसीआर गरिने भएकाले उनीहरूलाई रिपोर्ट नेगेटिभ आए पनि क्वरेन्टीनमै राखिने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

कोरोना सङ्क्रमितमा कोरोनाको लक्षण नदेखिएका कारण रिपोर्ट नेगेटिभ आएपनि १४ दिन क्वरेन्टीन बस्नै पर्ने जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताउनुभयो । 

जिल्लामा हालसम्म ४ सय ८७ जनाको आरडीटी गरिएको छ । हालसम्म जिल्लाबाट २७ जनाको स्वाब संकलन गरेर आरटी–पीसीआरका लागि प्रयोगशाला पठाइएकोमा जसमा २४ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।  



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०