Wednesday, 26th August, 2026
वि.स.

पालुङ फेदीगाउँकी उजेली माया हराइन्, खोजी गरिदिन परिवारको आग्रह

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ पालुङ फेदीगाउँकी उजेली माया तामाङ बेपत्ता भएकी छिन् । ५१ वर्षिय उजेली माया १ मंसिर साँझबाट घरैबाट बेपत्ता भएकी श्रीमान् कृष्ण बहादुर तामाङ (अनक)ले जानकारी दिए । 

तामाङ भेषभुषासंग मिल्दो जुल्दो कपडा लगाएकी उजेली गहुँगोरो वर्णकी रहेको छोरी बिना तामाङले जानकारी दिइन् । तामाङ भाषा राम्रोसंग बोल्न सक्ने उजेली नेपाली भाषामा कम दख्खल रहेको श्रीमान् कृष्ण बहादुरले जानकारी दिए । घरबाट टाढा कहिँ कतै नहिँडेकी उजेली माया कतै पुगेर भुलिएको हुन सक्ने परिवारको अनुमान छ । 

हराएकी उजेली मायालाई कसैले देखे वा भेटेमा श्रीमान कृष्ण बहादुर तामाङ (अनक) ९८१४२९३३९१ र छोरी बिना तामाङ ९८६९११९७१६ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif