Saturday, 22nd August, 2026
वि.स.

पालुङ प्रहरी प्रमुख गुरुङलाई विदाई 

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोक बहादुर गुरुङलाई विदाई गरिएको छ । थाहा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख समेत रहेका गुरुङलाई थाहा नगरपालिकाले एक समारोहकाबीच विदाई गरेको हो । गुरुङ ललितपुर सरुवा भएका हुन् ।

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको विदाई कार्यक्रममा उपमेयर खड्ग गोपाली, वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली, प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, लेखा अधिकृत विष्णु भुसाललगायतका नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  कार्यक्रममा नौ महिनाको अवधिमा पालुङमा रहँदा सबैसंग सहकार्य गरेको प्रहरी निरीक्षक गुरुङले बताए । उनले शान्ति सुरक्षाको लागि सेवारत् प्रहरीप्रति थाहानगरको सकारात्मक सहयोग मिलेको स्मरण गरे । नगर प्रमुख विष्टले सरुवा भई जान लागेका गुरुङले सुरक्षाका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । विष्टले उनको सफलताको कामना समेत गरे । 

कार्यक्रमको अवसरमा उपमेयर गोपालीले प्रहरी निरीक्षक गुरुङको योगदानको चर्चा गरे । उनले सरुवा मात्र भएको बताउँदै जो जहाँ पुगे पनि सम्बन्ध जहिल्यै निरन्तरता हुने बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif