Friday, 3rd July, 2026
वि.स.

पालुङ प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री

swastya-1603602773.jpg

लियो जिल्ला परिषद ३२५ बि २ नेपालअन्तर्गत रिजन ६ ले इलाका प्रहरी कार्यालय पालुङलाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक केही थान मास्क र सेनिटाइजर उपलब्ध गराएको छ । रिजन ६ का अध्यक्ष रुपक कालिराजले इलाका प्रहरी कार्यालय पुगेर प्रहरी निरीक्षक विकासकुमार तामाङलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा कार्यालय प्रयोजनका लागि १ ठूलो बोत्तलसहित ८ बोत्तल सेनिटाइजर, १२५ थान सर्जिकल मास्क र १० थान एन ९५ मास्क रहेका छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिएका प्रहरी सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको अध्यक्ष कालीराजले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०