Sunday, 16th August, 2026
वि.स.

पालुङ प्रहरीलाई स्वावलम्बनकाे कुर्सी र डिस्पेन्सर सहयाेग

IMG-20241112-WA0000-1731386595.jpg

स्वावलम्वन लघुवित्त वित्तीय  संस्था लि. पालुङ शाखाले इलाका प्रहरी कार्यालय पालुङलाई कुर्सी तथा डिस्पेन्सर वितरण गरेकाे छ ।

थाहा नगरपालिका-३ थानाबजारस्थित गंगा हाेटलमा आज बिहान एक कार्यक्रमकाे आयाेजना गरी संस्थाले प्रहरीलाई सामग्री वितरण गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले २० वटा कुर्सी र २ वटा वाटर डिस्पेन्सर प्रदान गरेका थिए ।

स्वावलम्बन लघुवित्त महिला समूह(५४) का अध्यक्ष रुपा खत्रीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा नगर प्रमुख विष्ट, वडा नंं ४ का वडाध्यक्ष नारायण लामा, वडा नंं १ का कार्यवाहक वडा अध्यक्ष सराेज प्रधान, प्रहरी निरीक्षक सविनबाबु अर्याल लगायतकाे उपस्थिति रहेकाे थियाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०