Tuesday, 25th August, 2026
वि.स.

पालुङ प्रहरीप्रतिको गुनासो थाहा नगरपालिकामा सुझाव दिने व्यवस्था शुरू

sujhab-1600389697.jpg

इलाका प्रहरी कार्यालय पालुङका कर्मचारीहरु प्रतिको गुनासो थाहा नगरपालिकामा पुगेर पनि राख्न सकिने भएको छ । थाहा नगरपालिकामा प्रहरीको विषयमा गुनासो तथा सुझाव संकलन गर्न पेटिका १ असोजमा राखेपछि यस्तो सुविधा भएको हो ।  थाहा नगरपालिकाका जनप्रतिनिधिहरु, ईलाका प्रहरी प्रमुख, कर्मचारी, संघसंस्था प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा सुझाव पेटिका राखिएको हो ।

गुनासो तथा सुझावहरुको सहजताको लागि थाहानगर कार्यपालिकाको कार्यालय परिसरमा सुझाव पेटिका राखिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिकासकुमार तामाङले बताए । थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं देखि ४ सम्मका वडा अध्यक्षहरु हेरमान गोपाली, गुप्तबहादुर कार्की, राजेश केसी र दीपकसिं लामा सहितको सहभागिता रहेको थियो ।

नागरीकहरुबाट प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राख्ने निर्णय अनुरुप पेटिका राखिएको हो ।

थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको अध्यक्ष्तामा भएको कार्यक्रममा पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझी, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, पत्रकारहरु, स्थानीय संघसंस्थाका पदाअधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपप्रमुख गोपालीले प्रहरी संगको सहकायृमा विभिन्न अभियान अन्तर्गत सुझाव पेटिका राख्ने कार्यक्रम पनि भएको बताए । उनले प्रहरीसंगको सहकार्यमा सँधै अघि बढ्ने बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif