nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा बीबीएस चाैँथाे वर्षमा ८८ प्रतिशत उत्तीर्ण, ६ जना प्रथम श्रेणीमा

IMG_20231106_211637-1699284714.jpg

उत्तरी मकवानपुरमा स्नातक तहकाे पढाइ हुने एक मात्र पालुङ शैक्षिक गुणस्तर र नतीजामा अब्बल देखिएकाे छ । आज २० कात्तिकमा त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेकाे बीबीएस चाैँथाे वर्षको परीक्षाको नतीजा अनुसार पालुङ क्याम्पसबाट ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाे क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।

सहायक प्राध्यापक सन्ताेष हमालका अनुसार पालुङ क्याम्पसबाट यस वर्ष ६ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । 'एक जनाकाे ८२% अंक आएकाे छ, ७०% बढी अंक ल्याउने ५ जना छन्,' उनले भने ।

उपयुक्त शैक्षिक वातावरण, लगनशील विद्यार्थी, प्रतिवद्ध प्राध्यापक र व्यवस्थापकीय सक्षमताका कारण क्याम्पसले उत्कृष्ट नतीजा हासिल गरेकाे क्याम्पस प्रमुख मिश्रले थाहा टाइम्सलाई प्रतिक्रिया दिए ।

क्याम्पसकाे नतीजा सार्वजनिक भएपछि थाहा नगरपालिकाका नगर प्रमुुख एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुबहादुर विष्टले उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)