Friday, 21st August, 2026
वि.स.

पालुङ क्याम्पसका विद्यार्थीलाई सिन्धु बैंकको छात्रवृत्ति

Cl-1581384742.jpg

सिन्धु बिकास बैंक लिमिटेड पालुङ शाखाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत छात्रवृत्ति वितरण गरेको छ ।

बैंकले मकवानपुर थाहा नगरपालिकाका पालुङ बहुमुखी क्याम्पसका जेहन्दार तथा आर्थिक रुपमा बिपन्न विद्यार्थीहरुको उच्च शिक्षाको छात्रवृत्ति वितरण गरेको हो । शैक्षिक सहयोग अन्तर्गत छात्रवृत्तिको रकम क्याम्पस प्रमुख रामहरि अधिकारीलाई बैंकका पालुङ शाखा प्रमुख आशिष बानियाँ क्षेत्रीले हस्तान्तरण गरेका थिए । 

क्याम्पसमा पढ्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति स्वरुप ३० हजार रुपियाँ प्रमुख अधिकारीलाई हस्तान्तरण गरिएको बैंकका सागर लम्सालले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif